अटवारी पर्वमा कोसेली उपहार
gorkhapatraonline.com · Tue Sep 15 03:42:13 GMT 2026

थारू समुदायका विवाहित चेलीबेटीले सोमबार माइती पक्षको छिटुवा, ढकियाभरि कोसेली पाएका छन् । मौलिक पर्व अटवारीको अवसरमा माइती पक्षले उनीहरूलाई पर्वको कोसेली दिइएको हो । थारू समुदायमा यसलाई अग्रासन भन्ने गरिएको छ । दुई दिनसम्म मनाइएको अटवारी पर्वको अन्तिम दिन टाढा टाढा गाउँमा रहेका आफ्ना विवाहित चेलीबेटीलाई अटवारीको अग्रासन दिइएको छ ।
अग्रासनमा अटवारी पर्वका परिकार अनदीको रोटी, खुर्मा, खरिया, फुलौरी, फलफूल, भात, माछाको तरकारी, गेडागुडीको तरकारी रहने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)