जलविद्युत् आयोजनाको सुरक्षाका लागि ६ बुँदे अवधारणा अघि सार्दै ऊर्जा मन्त्रालय
corporatenepal.com · Tue Sep 15 03:30:44 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा व्यवस्था सुदृढ बनाउने तयारी थालेको छ । आयोजनाको निर्माण, व्यवस्थापन तथा सञ्चालनमा सम्भावित जोखिम न्यूनीकरण गर्दै श्रमिक र भौतिक संरचनाको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले ६ बुँदे सुरक्षा अवधारणा अघि सारेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आयोजनाहरूको सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको पहल अघि बढाइएको बताएका छन् । मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रस्तावित अवधारणामा अनिवार्य बीमादेखि सुरुङमार्गको पुनर्संरचनासम्मका विषय समेटिएका छन् । नयाँ अवधारणाअनुसार प्रत्येक आयोजनाले अनिवार्य रूपमा हल वा संरचनात्मक बीमा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । आयोजनाका भौतिक संरचनामा हुन सक्ने क्षतिको जोखिम व्यवस्थापन गर्न यस्तो व्यवस्था अघि सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)