बाढी प्रभावितलाई स्थानीय तहको सहयोग
gorkhapatraonline.com · Tue Sep 15 03:47:25 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दार्चुलाका तीन स्थानीय तह र एक विद्यालयबाट २६ लाख ८१ हजार ३६० रुपियाँ आर्थिक सहयोग जुटाएर प्रधानमन्त्री दैवीप्रकोप तथा उद्धार कोषमा जम्मा गरिएको छ ।
यहाँको नौगाड गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका र मालिकार्जुन माध्यमिक विद्यालयले सो रकम सङ्कलन गरेर जम्मा गरेका हुन् । नौगाड गाउँपालिकाले २२ लाख ७८ हजार २५९ रुपियाँ कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)