टेलिफिल्मकी समिया अब फिल्ममा
ratopati.com · Tue Jun 23 04:38:29 GMT 2026

काठमाडौँ । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ हुँदै टेलिचलचित्र ‘सीता’ मार्फत अभिनयमा चर्चा कमाउन सफल कलाकार समिया कार्की अब फिल्ममा देखिने भएकी छन् । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् ।
टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाले यसै फिल्म मार्फत ठुलो पर्दा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)