न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
farakdhar.com · Thu Mar 28 17:35:47 UTC 2024

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधैँ लाग्नुपर्ने बताएका छन् । नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुगेका प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिए ।
‘म पनि लागिरहेको छु, सिंगो न्यायापालिका लागिरहेको छ,’ उनले भने, ‘श्रव्यदृश्य सुनुवाइको प्रयोगबाट देशभरबाट सुनुवाइ गर्न सकिने हुँदा छिटोछरितो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्न सबै लाग्नुपर्छ, श्रव्यदृश्य सुनुवाइले पनि एउटा सहयोग गर्नेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)