सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
baahrakhari.com · Thu Mar 28 17:45:28 UTC 2024

काठमाडौं । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् ।
नियमिततर्फ रहेका ५० हजार ६२६ परीक्षार्थीमध्ये ८३७, प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार ३१७ मध्ये १७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दिपायलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)