पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
nagariknews.nagariknetwork.com · Tue Jun 23 04:43:48 GMT 2026

भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ।
स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार कार्यक्रमका लागि गाउँपालिकाबाट रु ३० लाख बजेट विनियोजन गरिएको छ भने कृषकहरूको तर्फबाट पनि बराबरको रु ३० लाख लागत साझेदारी गरिएको छ। यसरी कूल रु ६० लाखको लगानीमा कार्यक्रम कार्यान्वयन गरिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सरोज गुरागाईं