मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आलेखः कफीखेती विस्तारमा षडानन्दको पहल

barnanmedia.com · Tue Jun 23 04:45:42 GMT 2026

आफूले उत्पादन गरेको अग्र्यानिक कफीको माग अन्तरराष्ट्रिय बजारमा निरन्तर बढ्न थालेपछि भोजपुरको षडानन्द नगरपालिका जीवन थापा निकै उत्साहित देखिनुहुन्छ । परम्परागत खेतीपातीमा लाग्दै आउनुभएका उहाँ नगदेबालीका रूपमा कफीखेतीबाट राम्रो आम्दानी हुने देखेपछि केही वर्षयता कफीको व्यावसायिक खेतीमा लाग्नुभएको छ ।

उहाँले ६५ रोपनी क्षेत्रमा कफीखेती विस्तार गर्नुभएको छ । उहाँले उत्पादन गरेको कफीको बजारको कुनै समस्या नरहेको बताउँदै स्वदेशी बजारमा मात्र होइन, विदेशमा पनि निर्यात हुन थालेको छ । उहाँ करिब एक हजार केजी कफी विदेश निर्यात गरिसकेको बताउनुहुन्छ । हाल उहाँले आफ्नै प्रशोधन उद्योगमार्फत मूल्यवर्द्धन गर्दै आउनुभएको छ । “कच्चा दाना मात्र बेच्नुभन्दा प्रशोधन गरेर बेच्दा मूल्य दोब्बर हुन्छ”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय