सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
ratopati.com · Tue Jun 23 04:55:00 GMT 2026

काठमाडौँ । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
विभागले असार ८ गते जारी गरेको पत्रमा २०८३ जेठ ७ गतेको निर्णयअनुसार सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्म रोक्का रहने उल्लेख गरेको छ। तर निर्णय लागू हुनुअघि नै प्रतितपत्र (एलसी) खोलिसकेका, आयात प्रक्रिया अघि बढाएका तथा नेपाल भित्रिइसकेका सवारीसाधनको आवश्यक कागजात परीक्षण गरी दर्ता प्रक्रिया अगाडि बढाउन सकिने स्पष्ट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)