कतार विस्फोट : १२ को मृत्यु, १ नेपालीसहित ६६ बढी घाइते
bishowkhabar.com · Tue Jun 23 04:55:53 GMT 2026

काठमाडौं– कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीसहित विभिन्न देशका नागरिक घाइते भएका छन् ।
घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने ६६ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
कतारका ऊर्जा मन्त्री साद अल–काबीका अनुसार घाइतेहरूमा नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली र नाइजेरियाली नागरिक छन् ।
घाइतेहरूको उपचार भइरहेको छ तर नामावली सार्वजनिक गरिएको छैन ।
कतार सरकारले घटनालाई आक्रमण नभई दुर्घटना भएको जनाएको छ ।
विष्फोटपछि लागेको आगो नियन्त्रणमा आइसकेको छ र ग्यास निर्यात तथा स्थानीय आपूर्तिमा कुनै असर नपर्ने अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ