मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता

ratopati.com · Tue Jun 23 05:00:19 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाले शानदार पुनरागमन गर्दै जोर्डनलाई २–१ ले पराजित गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमा पछि परेको अल्जेरियाले दोस्रो हाफमा दुई गोल गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।

जोर्डनले खेलको ३६औँ मिनेटमा निजार अल–राशदानको गोलमार्फत अग्रता लिएको थियो। मौसा अल–तमारीको पासमा उनले गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफ यही नतिजामा सकिएको थियो।

दोस्रो हाफमा अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६९औँ मिनेटमा नासिम बेनबाउलीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उक्त गोलका लागि रियाद महरेज ले निर्णायक पास उपलब्ध गराएका थिए।

त्यसपछि ८२औँ मिनेटमा अमिन गुइरीले विजयी गोल गर्दै अल्जेरियालाई २–१ को अग्रता दिलाए। अन्तिम समयमा जर्डनले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन।

यो जितसँगै अल्जेरियाले प्रतियोगितामा पहिलो अंक जोड्दै नकआउट चरणको सम्भावना जीवित राखेको छ भने जोर्डन लगातार दोस्रो हारसँगै दबाबमा परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय