फिफा विश्वकप : जोर्डनविरुद्ध अल्जेरियाले बनायो २-१ को अग्रता
nagariknews.nagariknetwork.com · Tue Jun 23 04:57:09 GMT 2026

फिफा विश्वकप २०२६ मा अल्जेरियाले जोर्डनविरुद्ध अग्रता लिएको छ।
सुरुवाती अग्रता लिएको जोर्डनविरुद्ध अल्जेरियाले २-१ को अग्रता लिएको हो। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको थियो। भने, निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए।
खेलको ६९ औं मिनेटमा अल्जेरियाका नाधीर बेलहादजीले गोल फर्काएपछि खेललाई बराबरीमा ल्याएका थिए।
अब अल्जेरिका अमिन गुइरीले ८२औं मिनेटमा गोल गरेर जोर्डनविरुद्ध अग्रता दिलाएका हुन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा