मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौरीगञ्जमा आज बिहान चट्याङ लागेर ३० वर्षीय युवकको निधन

himalpress.com · Tue Jun 23 03:14:19 GMT 2026

झापा- झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् ।

भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)