सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
shilapatra.com · Tue Jun 23 04:53:00 GMT 2026

आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्यांक बाहिरिएको छ । नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै दुई हजारको संख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ । त्यतिकै संख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ ।
काउन्सिलमा सन् २०२५ मा दुई हजार १२२ जनाले चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) लिएका थिए । सोही वर्ष दुई हजार ३९० जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यस वर्ष लाइसेन्स लिएकाले भन्दा २६८ जना बढी चिकित्सक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)