सरकारले राससलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्यो: कार्यकारी अध्यक्ष झा
barnanmedia.com · Wed Feb 19 21:36:26 GMT 2025

काठमाडौँ, ८ फागुनः राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित मूल समारोहमा उहाँले यसका लागि सरकारले बजेट बढाउनुपर्ने नभए आत्मनिर्भर बन्ने गरी स्वायत्तता प्रदान परिनुपर्ने धारणा राख्नुभयो ।
कार्यकारी अध्यक्ष झाले राससको समाचार सेवालाई सरकारी निकायले खरिद गरेको खण्डमा राससको आम्दानी बढ्ने र यो क्रमशः आत्मनिर्भरताको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “राससको आफ्नै आम्दानी पर्याप्त छैन । अहिले आफ्नै आम्दानीबाट कर्मचारीलाई उपदान दिनुपर्ने व्यवस्था छ । यसले समस्या भइरहेको छ । सरकारले रासस जस्ता संस्थालाई कि त शत्प्रतिशत बजेटको व्यवस्थापन गरिदिनुपर्यो, नभए व्यापार तथा आयआर्जनका लागि आफ्नो काम गर्ने गरी स्वतन्त्र छोडिदिनुपर्यो”, उहाँले भन्नुभयो,“कमाउने बाटो खुला नहुने र बजेट पनि पर्याप्त नहुने हो भने संस्थालाई कसरी गतिशील बनाउन सकिन्छ ? सरकारले यसबारेमा गम्भीर भएर सोच्नुप¥यो । अन्य सञ्चारमाध्यमको समाचार सेवा खरिदमा अर्बौं रकम खर्चजस्तै रासस बुलेटिन खरिद गरेको खण्डमा हामी केही वर्षमै आत्मनिर्भर बन्नसक्छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)