मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ

barnanmedia.com · Wed Feb 19 21:49:28 GMT 2025

काठमाडौँ, ८ फागुनः नुवाकोटको ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ सुरु भएको छ । बुधबारदेखि सुरु भएको ज्ञान यज्ञ यही फागुन १४ गते महाशिवरात्रिका दिनसम्म सञ्चालन हुनेछ ।

बुधबार ज्ञान यज्ञको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकतालाई विश्वमाझ पु¥याउन सरकारले सहयोग गर्ने बताउनुभएको छ । उहाँले चिम्टेश्वर क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि सरकारले यथोचित प्रयास गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)