मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

setopati.com · Tue Jun 23 05:06:04 GMT 2026

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ घटेको छ।

सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला चार हजार सात सय ३० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय