लगातार दुई हारपछि समूह चरणबाटै बाहिरयो एसियाली टिम जोर्डन
nepalviews.com · Tue Jun 23 05:08:16 GMT 2026

काठमाडौं । विश्वकपमा अल्जेरियाले पहिलो जित दर्ता हात पारेको छ । समूह 'जे' को दोस्रो चरणको खेलमा अल्जेरियाले जोर्डनलाई २-१ ले हराएको हो ।
अल्जेरियाका लागि नदिर बेनबौली र अमिन ग्युरीले समान १-१ गोल गरे । खेलको पहिलो हाफको ३५ औँ मिनेटमा जोर्डनका निजार अल रेसदनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा अल्जेरियाका बेनबौलीले खेललाई बराबरीमा ल्याए ।
यस्तै ८२ औँ मिनेटमा अमिनले गोल थप्दै खेललाई २-१ को अवस्थामा पुर्याएका थिए । पहिलो जितसँगै अल्जेरियाले तालिकामा तीन अंक जोडेको छ । यसअघि अल्जेरिया अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो । जोर्डन यसअघि अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ