मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनार्दनको जवाफः सम्पत्ति छानबिन गरौँ भन्नै मै हुँ, भ्रम सिर्जना गरियो

nepalpress.com · Tue Jun 23 02:36:42 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिनबारे बढी आवाज उठाउने आफैँ भएको दाबी गरेका छन् ।

उनले अहिले मिडिया ट्रायल गरेर भ्रम सिर्जना गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर सदन र त्यतिखेरको नेकपा माओवादी केन्द्रमा विषय उठाएको बताएका छन् । उनले यो मामलामा अहिले पनि अडिग रहेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यतिखेर चैँ सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)