मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित

barnanmedia.com · Tue Jun 23 05:03:52 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा अल्जेरियाले जोर्डनविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

खेलमा जोड्नविरुद्ध सानदार पुनरागमन गर्दै २–१ को जित नकिालेको हो । खेलको पहिलो हाफमा पिछडिएको अल्जेरियाले दोस्रो हाफमा सानदार पुनरागमन गरेको हो ।

खेलको ३६ औँ मिनेटमा जोर्डनका निजार अल रशदानले गोल गर्दै टोलीलाई सुरुवाती १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा जोर्डनले सोही अग्रता कायम राखे पनि दोस्रो हाफमा अल्जेरिया खेलमा फर्कियो ।

अल्जेरियाका लागि ६९ औँ मिनेटमा एन बेनबोआलीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८२ औँ मिनेटमा अमिन गोइरीले कर्नरबाट आएको बललाई पोस्टको दिशा दिँदै अल्जेरियालाई २–१ को महत्त्वपूर्ण जित दिलाएका छन् ।

यो जितसँगै अन्तिम ३२ मा अल्जेरियाको सम्भावना बाँकी छ । यो हारसँगै जोड्ने भने समूह चरणबाटै बाहिरिएको छ । यो समूहबाट अर्जेन्टिना ६ अंकसहित अघिल्लो चरण प्रवेश गरिसकेको छ भने अस्ट्रियाले दुई खेल खेल्दा एक हार र एक जित निकाल्दै तीन अंक जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय