मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा अल्जेरियाले जित दर्ता गराउँदा जोर्डन बाहिरियो

baahrakhari.com · Tue Jun 23 05:04:43 GMT 2026

काठमाडौं । विश्वकपमा अल्जेरियाले पहिलो जित दर्ता गराएको छ । समूह 'जे' को दोस्रो चरणको खेलमा अल्जेरियाले जोर्डनलाई २-१ ले हराएको हो ।अल्जेरियाका लागि नदिर बेनबौली र अमिन ग्युरीले समान १ गोल गरे ।

खेलको पहिलो हाफको ३५ औँ मिनेटमा जोर्डनका निजार अल रेसदनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा अल्जेरियाका बेनबौलीले खेललाई बराबरीमा ल्याए ।

यस्तै, ८२ औँ मिनेटमा अमिनले गोल थप्दै खेललाई २-१ को अवस्थामा पुर्‍याएका थिए । पहिलो जितसँगै अल्जेरियाले तालिकामा तीन अंक जोडेको छ ।

यसअघि अल्जेरिया अर्जेन्टिनासँग ३-०ले पराजित भएको थियो । जोर्डन यसअघि अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।

#फुटबल

#अल्जेरिया

#जोर्डन

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय