पोखरा भ्रमण वर्ष–२०२५: पहिलो गाँसमै ढुंगा, २० लाख पर्यटक कति सम्भव ?
rajdhanidaily.com · Wed Feb 19 23:06:42 GMT 2025

पोखरा । आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित गत शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा भयो । घोषणा समारोहमा बेलुन विस्फोट दुर्घटनाले भने पोखराका नगरप्रमुख धनराज आचार्य र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल घाइते हुनपुगे । अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पतालमा तीन दिन उपचारपछि मंगलबार डिस्चार्ज भए पनि नगरप्रमुख आचार्यको उपचार जारी छ ।
सामाजिक सञ्जालमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरा घटनाबाट आगामी दिनमा पाठ सिक्नुपर्ने सुझाव धेरैले दिएका छन् । बेलुन विस्फोटको तीन दिनपछि पोखरा महानगरपालिका कार्यपालिका बैठकले घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ । प्रवक्ता मोतीलाल तिम्सिनाले उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा ‘आकस्मिक’ बैठक बसेको र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)