विदेशी चामलमा निर्भरता बढ्दै
annapurnapost.com · Tue Sep 15 04:16:32 GMT 2026

काठमाडौं : कृषि प्रधान मुलुकका रूपमा परिचित भए पनि नेपालले बर्सेनि ठूलो मात्रामा विदेशी धान तथा चामल आयात गरिरहेको छ। मुलुकको कृषि क्षेत्रले जनताको जीविकोपार्जन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि नेपाली उपभोक्ताको रोजाइमा आएको परिवर्तनका कारण विदेशी चामलमाथिको निर्भरता ह्वात्तै बढेको छ।
आयात वृद्धि हुनुमा आन्तरिक उत्पादनले माग धान्न नसक्नुभन्दा पनि उपभोक्ताको रोजाइ मुख्य कारक रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी डा. मणिरत्न अर्याल बताउँछन्। उनका अनुसार नेपाली उपभोक्तामा मसिनो, बासमती र एरोमेटिक चामलको माग बढ्दै गएको तर यस्ता चामलको स्वदेशी उत्पादन पर्याप्त नहुँदा आयात गर्नु परेको हो। ‘उपभोक्ताले देशमा भएको मात्र खान्छु भन्ने भएन। उपभोक्ताको आफ्नै अधिकार र रोजाइ हुन्छ,’ सूचना अधिकारी अर्यालले भने, ‘कसैले म फ्राई राइस खान्छु भन्ला, कसैले एरोमेटिक राइस खान्छु भन्ला, कसैले स्टिकी राइस खान्छु भन्ला। जुन चिज हाम्रोमा नहुन सक्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)