रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
ratopati.com · Tue Jun 23 05:14:43 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ ।
पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको जानकारी दिए । परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको उनले बताए । बन्दसत्रको बाँकी कार्यसूचीबारे छलफल भइरहेको उनको भनाइ छ ।
चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । महाधिवेशन आइतबारदेखि भरतपुरमा जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)