मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नगरकोटमा एक युवकको हत्या, तीन जना पक्राउ

setopati.com · Tue Jun 23 05:15:19 GMT 2026

भक्तपुरमा एक जना युवकको हत्या भएको छ।

भक्तपुर नगरपालिका-१ नगरकोटमा एक जना युवकको हत्या भएको प्रहरीले जनाएको छ।

महोत्तरी मिथिला नगरपालिका-९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीको हत्या भएको हो। उनीमाथि केही युवाहरूले झगडा गर्नेक्रममा चक्कु प्रहार गरेको हो।

हत्यामा संलग्न भएको आरोपमा उदयपुर त्रियुगा नगरपालिका-१३ का ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका-३ का २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घासका ३५ वर्षीय रमेश कुँवर पक्राउ परेका छन्। उनीहरू तीनै जना भक्तपुरमा बस्छन्।

सोमबार राति करिब १० बजे उनीहरूबीच झगडा हुँदा चक्कु प्रहारबाट रसाइली गम्भीर घाइते भएका थिए। घाइते भएका उनको उपचारको लागि केएमसी अस्पताल सिनामंगल पठाइएको हो।

उपचारको क्रममा रसाइलीको मंगलबार बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)