‘भण्डारी फाउण्डेशन’ ले सदस्यता बढाउन उठायो कदम
rajdhanidaily.com · Wed Feb 19 23:31:45 GMT 2025

वीरगन्ज । असामयिक निधनको ३१ पछि पर्सामा गठित जननेता स्व.मदन कुमार भण्डारीको नामको मदन भण्डारी फाउण्डेसन पर्साले नयाँ सदस्यता बढाउन आवेदन खोलेको छ । तीन कार्यकाल नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष भएका वीरगन्जका अग्रज पत्रकार शत्रुघ्न नेपाल अध्यक्ष रहेको भण्डारी फाउण्डेशनको पहिलो बैठकले आगामी चैत ७ गते भित्र सदस्य विस्तार गर्ने लगायतका निर्णय गर्दै सदस्यता बढाउने कदम उठाएको हो ।
स्व.भण्डारीको हत्याको आशंकामा अझै नेपाली समाज विभक्त छ । तथापि उनको मार्गदर्शन सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ अंगिकार गर्ने पक्षधर नागरिक सदस्य बन्न सक्ने गरी सदस्य विस्तार गर्ने लक्ष्य समितिको रहेको पाइएको छ । मुलुकका विभिन्न ठाउँमा उनको नाममा फाउण्डेशन स्थापना भई सामाजिक तथा शिक्षा, खेलकुद लगायतका क्षेत्रमा सकारात्मक कार्य गर्दै आएको थियो । पर्सामा पनि आगामी चैत मसान्त भित्र पहिलो अधिवेशन गर्ने गरी सदस्य विस्तार गर्ने र रचनात्मक कार्य गर्ने लगायतका निर्णय बुधबारको बैठकले गरेको समिति अध्यक्ष नेपालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)