मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्य नेपाल च्याम्पियनसीपको उपाधि एमेच्योर सदभावलाई

rajdhanidaily.com · Thu Mar 28 23:31:02 UTC 2024

काठमाडौं । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन।

अन्तिम दिन ३-अन्डर ६९ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन। यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)