तोलामा १६ सय रुपैयाँले घट्यो सुनको भाउ
kathmandupati.com · Tue Jun 23 05:17:10 GMT 2026

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो ।
हिजो २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १४० रुपैयाँले घटेर ४५९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)