मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई नेपालगञ्जकाे प्रहरी तालिम केन्द्रमा राखिने, भोलि बिहानै काठमाडौँ

nepalpress.com · Mon Jun 22 13:54:09 GMT 2026

रुपन्देही । सम्पत्ति शुद्धीकरण मुद्दामा सुर्खेत प्रहरीद्वारा पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई आज नेपालगञ्ज स्थित प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने भएको छ ।

प्रहरीस्रोतका अनुसार नेपालगञ्ज विमानस्थलमा राति पार्किङ हुने र भोलि बिहान पहिलो उडान गर्ने जहाजमा उनलाई काठमाडौँ पठाउने तयारी छ । आज राति कुन जहाज उक्त विमानस्थलमा रात्रिकालीन पार्किङ हुन्छ भन्ने बुझेपछि सोही जहाजको पहिलो उडानबाट पौडेललाई काठमाडौँ पठाइने स्रोतले जनाएको छ ।

अहिले उनलाई सुर्खेतबाट नेपालगन्ज ल्याइदै छ । नेपालगन्जस्थित प्रहरीस्रोतका अनुसार अहिले उनी बाटोमै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)