मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतबाट ५५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

Ujyaaloonline.com · Fri Mar 29 00:10:42 UTC 2024

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यही मार्च ३० अर्थात् पर्सि शनिवारदेखि तीन महिनाका लागि भारतको बजारबाट पाँच सय ५४ मेगावाट बिजुली आयात सम्झौता भएको प्राधिकरणका प्रवक्ता एवम् भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । उहाँका अनुसार पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)