मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन, कार्यान्वयन महत्त्वपूर्ण

Ujyaaloonline.com · Fri Mar 29 00:09:38 UTC 2024

अहिले सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव सार्वजनिक गरिसकेको छ । झट्ट हेर्दा यो राम्रो छ । त्यहाँ समेटिएका कुराहरुमध्ये आठ/दशवटा कुराहरु राजनीतिक, आर्थिक, सामाजिक, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्धजस्ता कुरा छन् । त्यस्तै वित्तीय क्षेत्रमा देखिएको विकृतिलाई सुधार गर्ने कुराहरु, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा लगायतका विषयका समस्या समाधान गर्ने कुरा पनि उल्लेख छन् ।

अहिलेको अवस्थामा प्रमुख कुरा भनेको नागरिकमा भरोसा जगाउने र विश्वास सृजना गर्नु नै हो । तर अहिले जुन गठबन्धन छ, यो गठबन्धन सिसाको ऐनासँग तुलना गरौँ । यो गठबन्धन फुटेको सिसा टेपले टालेर ऐना बनाएको हो कि सिसा नै पगालेर बलियो ऐना बनाएको हो भन्ने नै प्रष्ट हुनुपर्छ । साँच्चै नै एउटा सिसाको ऐना तयार गर्दा त्यसलाई पगालेर बनाउने कि फुटेपछि फेबिकलले जोड्न अथवा टेप लगाएर जोड्ने भन्ने कुरा हो । अहिले बनेको गठबन्धनहरु टेप लगाएर जोडिएका छन् जस्तो लाग्छ । सबैभन्दा महत्वपूर्ण कुरा उनीहरु मनभित्रैबाट कति जोडिए भन्ने कुरा हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)