मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक

ratopati.com · Tue Jun 23 05:26:35 GMT 2026

काठमाडौँ । नेकपा एमालेले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ ।

सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो ।

यो पनि पढौँ...

विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने

संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठकमा उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे पनि कुराकानी हुने महरले बताए ।

एमालेले आजै साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाएको छ । ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय