सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घट्यो
baahrakhari.com · Tue Jun 23 05:29:00 GMT 2026

काठमाडौं । नेपाली बजारमा मंगलबार (असार ९) सुनको भाउ घटेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका निम्ति महासंघले छापावाल सुनको मूल्य तोलाको दुई लाख ८७ हजार १०० रुपैयाँ तोकेको छ । सोमबार (असार ८) छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको भाउ पनि तोलामा १४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार ५९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
#कारोबार
#व्यवसायी
#सुन
#चाँदी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)