एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
arthasansar.com · Tue Sep 15 04:41:10 GMT 2026

एनएमबि बैंकले २४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखको हो ।
बैंकले उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)