विश्व मल्टिपल स्क्लेरोसिस दिवस : २० देखि ४० वर्षका उमेर समूह बढी जोखिममा
ratopati.com · Sat May 30 10:03:09 GMT 2026

काठमाडौँ । नेपालमा पहिलो पटक विश्व मल्टिपल स्क्लेरोसिस (एमएस) दिवस विभिन्न सचेतना कार्यक्रमका साथ मनाइएको छ । ललितपुरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपाल र अल्का अस्पतालको संयुक्त प्रयासमा यो दिवस मनाइएको हो ।
संसारभर हरेक वर्ष मे ३० तारिखका दिन यो दिवस मनाउने गरिन्छ । शरीरभित्र रहेको एन्टिबडीले आफ्नै शरीरलाई चिन्न नसकी नसाको झिल्ली बिगार्ने जटिल स्वास्थ्य समस्यालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । विश्वभर ८ करोड (८० मिलियन) भन्दा बढी मानिस यस रोगबाट प्रभावित रहेको अनुमान गरिए पनि नेपालमा भने यसका बिरामीको कुनै यकिन तथ्याङ्क छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)