१६ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
nagariknews.nagariknetwork.com · Tue Jun 23 05:33:00 GMT 2026

नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
आज सुन प्रतितोला एक हजार छ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४० रुपैयाँले घटेर चार हजार ५९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)