‘मनिटाइजेसन’का लागि तथ्यहीन सामग्री सामाजिक सञ्जालमा राख्नेहरूलाई काउन्सिलले गरायो सचेत
shilapatra.com · Tue Jun 23 05:30:00 GMT 2026

प्रेस काउन्सिल नेपालले पछिल्लो समय केही सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पत्रकारिता आचारसंहिता र पेसागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्तिमार्फत काउन्सिलले नियमित अनुगमनका क्रममा पत्रकारिता पेसाको गरिमा र विश्वसनीयतामा असर पर्ने विभिन्न गतिविधि देखिएको उल्लेख गरेको छ । काउन्सिलका अनुसार बिनाअनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न कार्यालय, शैक्षिक संस्था र कार्यक्रममा प्रवेश गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, दुर्व्यहारजन्य गतिविधिमा संलग्न हुने तथा विवाद र हातपातका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)