रिलायन्स स्पिनिङ्ग मिल्सको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन प्रतिफल
arthasansar.com · Tue Sep 15 04:54:36 GMT 2026

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सो नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते, बिहीबार, अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)