मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२४ घण्टामा सवारी दुर्घटनामा ८ जनाको मृत्यु

nagariknews.nagariknetwork.com · Tue Jun 23 05:33:38 GMT 2026

देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्। नेपाल प्रहरीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मधेश प्रदेशमा ५ जनाको मृत्यु हुदाँ २८ जना घाइते भएका छन्। त्यसैगरी कोशी प्रदेशमा १ जनाको मृत्यु हुँदा २० जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र २ जना घाइते भएका छन्।

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी २३ जना घाइते भएका छन्। यस्तै बागमती प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ६ जना घाइते भएका छन्। गण्डकी प्रदेशमा भने मानवीय क्षति भएको देखिएको छैन। देशभरमा पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् भने १०५ जना घाइते भएका हुन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय