प्लान्ट क्वारेन्टाइन नहुँदा महेशपुर भन्सारको प्रभावकारिता कमजोर
gorkhapatraonline.com · Tue Jun 23 05:43:25 GMT 2026

पश्चिम नवलपरासीको मुख्य नाकामा रहेको महेशपुर भन्सार कार्यालयलाई सरकारले मूल भन्सारमा स्तरोन्नति गरे पनि आवश्यक प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापना नहुँदा यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ। भन्सार विन्दुमा कृषि उपज, वनस्पति तथा खाद्यान्न सामग्रीको परीक्षण गर्ने प्लान्ट क्वारेन्टाइन कार्यालय नहुँदा आयात–निर्यातकर्ताले सास्ती मात्र भोगेका छैनन्, यस नाकाबाट हुने कारोबारसमेत प्रभावित भएको छ।
नेपाल सरकारअन्तर्गत प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र मातहत यहाँ आवश्यक चेकपोस्ट वा प्रयोगशाला स्थापना नहुँदा व्यापारीहरू समस्यामा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
भन्सार विभाग