विष्णु पौडेल पक्राउपछि बिचौलिया दीपक भट्ट र ओलीको पुरानो सेल्फी भाइरल
ajakoartha.com · Tue Jun 23 05:35:00 GMT 2026

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दीपक भट्टबीचको पुरानो सेल्फी अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ। सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि ओली भट्टको पुरानो सेल्फी एकाएक भाइरल भएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेपछि भट्टसँग ओलीले खिचेको भनिएको सेल्फी सामाजिक सञ्जालमा भाइरल बनेको हो।
भट्टलाई व्यावसायिक लाभ पुर्याउन सहयोग गरेको आरोपसँग जोडेर पौडेलमाथि अनुसन्धान भइरहेको चर्चाबीच उक्त तस्बिर सार्वजनिक बहसको विषय बनेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेल्फीलाई लिएर विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
पौडेल पक्राउ प्रकरणपछि राजनीतिक वृत्त तरंगित छ भने अध्यक्ष ओलीले यसलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ
विष्णु पौडेल