मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे-हल्याण्ड-यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत

nepalbahas.com · Tue Jun 23 05:34:31 GMT 2026

विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे-हल्याण्ड-यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत

९ असार, काठमाडौं । जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राखेका छन् ।

मेस्सीको अनुभव, शान्त फिनिसिङ क्षमता र निर्णायक क्षणमा खेल बदल्ने शैलीले अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ । अस्ट्रियाविरुद्धको २–० जितमा उनको दुई गोलले टोलीलाई समूह ‘बी’ मा शीर्ष स्थानमा पुर्‍याउँदै नकआउट चरणमा पु‍र्याएको छ । ३९ वर्ष नजिक पुगे पनि मेस्सी अझै पनि मैदानमा अर्जेन्टिनाको मुख्य शक्ति बनेका छन, जसले विपक्षी टोलीहरूलाई लगातार दबाबमा राखिरहेको छ ।

तर यस विश्वकपमा कथा केवल मेस्सीमा मात्र सीमित छैन । फ्रान्सका केलियन एम्बाप्पेले पनि लगातार गोल गर्दै गोल्डेन बुट दौडलाई रोचक बनाएका छन् र मेस्सीसँग कडा प्रतिस्पर्धामा उभिएका छन् । गत विश्वकपमा फाइनलमा नै प्रतिस्पर्धा गरेका यी दुई सुपरस्टारबीचको टक्कर यसपटक पनि प्रतियोगिताको मुख्य आकर्षण बनेको छ, जसले फ्यानहरूलाई फेरि एकपटक अर्जेन्टिना–फ्रान्स पुनः फाइनल भेटको सम्भावनातर्फ आकर्षित गरेको छ ।

यसैबीच, नयाँ पुस्ताका खेलाडीहरूले पनि विश्व मञ्चमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् । स्पेनका १८ वर्षीय लमिन यामालले पहिलो सुरुआती खेलमै गोल गर्दै ४–० को जितमा निर्णायक भूमिका खेलेका छन् । जसले उनलाई भविष्यको सुपरस्टारका रूपमा स्थापित गरेको छ । नर्वेका इर्लीङ हल्याण्डले पनि लगातार गोल गर्दै आफ्नो टोलीलाई मजबुत बनाइरहेका छन् । जबकि इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट दौडमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

विश्लेषकहरूका अनुसार यो विश्वकप केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, पुस्ता परिवर्तनको स्पष्ट संकेत पनि हो । एकातर्फ मेस्सी र एमबाप्पेजस्ता अनुभवी खेलाडीहरू आफ्नो विरासत जोगाउने प्रयासमा छन भने अर्को तर्फ यामाल, हल्याण्ड र अन्य युवा प्रतिभाहरू भविष्यको फुटबल आफ्नो नियन्त्रणमा लिन तयार देखिन्छन् । यसरी, यो प्रतियोगिता इतिहास र भविष्यबीचको एक रोमाञ्चक संगम बनेको छ, जसले विश्व फुटबललाई नयाँ युगतर्फ डोर्‍याइरहेको छ । एएनआईको सहयोगमा

फूटबल

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

फिफा विश्वकप - २०२६ : नर्वेद्वारा सेनेगल ३-२ गोल अन्तरले पराजित

असार ९, २०८३ मंगलबार

इराकविरुद्ध फ्रान्सको सानदार जित

असार ९, २०८३ मंगलबार

मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

असार ८, २०८३ सोमबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

असार ८, २०८३ सोमबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

असार ८, २०८३ सोमबार

राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग

असार ८, २०८३ सोमबार

छुटाउनुभयो कि?

चट्याङ लागेर एक जनाको मृत्यु

असार ९, २०८३ मंगलबार

विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे-हल्याण्ड-यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत

असार ९, २०८३ मंगलबार

१६०० घटेर आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार १०० कायम, चाँदीको कति ?

असार ९, २०८३ मंगलबार

कतारको ग्यास प्रशोधन प्लान्टमा विष्फोट हुँदा १२ भारतीय नागरिकको मृत्यु, नेपालीसहित ६६ जना घाइते

असार ९, २०८३ मंगलबार

शेयरबजारः पाइपलाइनमा छन सिमेन्ट उद्योगसहित एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ

असार ९, २०८३ मंगलबार

चीन-नेपाल व्यापार असन्तुलन बढ्यो : ११ महिनामा ३.८२ खर्बको आयात, निर्यात केवल १.५९ अर्ब मात्र

असार ९, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)