मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व मोटरसाइकल दिवसमा रोयल इनफिल्डको भैरहवा–लुम्बिनी राइड

baahrakhari.com · Tue Jun 23 05:44:33 GMT 2026

काठमाडौं । अल्फा अटोमोटिभ प्रालिअन्तर्गतको रोयल इनफिल्डले विश्व मोटरसाइकल दिवसमा विशेष राइड गरेको छ । कम्पनीले भैरहवाबाट लुम्बिनीसम्म विशेष समूह राइड कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा १२५ भन्दा बढी रोयल एनफिल्ड राइडरको सहभागिता थियो ।

रोयल इनफिल्ड भैरहवाबाट सुरु भएको राइड लुम्बिनी पुगेर विभिन्न मनोरञ्जनात्मक तथा सचेतनामूलक गतिविधिसहित सम्पन्न भएको थियो । कार्यक्रममा सुरक्षित र जिम्मेवार मोटरसाइकल चलाउने संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले राइडिङ सेफ्टी, रोड सेफ्टी अवरनेश गियरसम्बन्धी ज्ञान आदानप्रदान तथा अन्तरक्रिया आयोजना गरिएको थियो ।

रोयल इनफिल्ड नेपालमा नियमित रूपमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा जिम्मेवार मोटरसाइकल यात्रालाई प्रवद्र्धन गर्ने अग्रणी ब्रान्डमध्ये एक हो ।

#कम्पनी

#रोयल इनफिल्ड

#मोटरसाइकल दिवस

#भैरहवा–लुम्बिनी

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय