मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशन : आजदेखि बन्दसत्र सुरु

nagariknews.nagariknetwork.com · Tue Jun 23 05:42:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। पार्टीका महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण कार्य अन्तिम चरणमा पुगेको छ।

साथै प्रतिनिधिको संख्या प्रारम्भिक अनुमानभन्दा बढी भएपछि प्रवेशपत्र व्यवस्थापनसहित अन्य प्राविधिक काम समयमै सम्पन्न हुन नसक्दा सोमबार बन्दसत्र सुरु गर्न सम्भव भएको थिएन।

महाधिवेशन प्रतिनिधिका लागि प्रवेश कार्ड वितरण भएसँगै बन्दसत्रको कार्यक्रम सूरु हुनेछ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)