सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
canadanepal.com · Tue Jun 23 05:49:01 GMT 2026

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेर चार हजार ५९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार भने चाँदी तोलामा चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)