आज एमाले संसदीय दल र सचिवालय बैठक बस्ने
newsofnepal.com · Tue Jun 23 05:51:34 GMT 2026

काठमाडौं ।
नेकपा एमालेले आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। एमाले संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
संसदीय दलको बैठकपछि साँझ ६ बजे पार्टी सचिवालय बैठक पनि आयोजना गरिएको छ। सचिवालय बैठक पार्टी अध्यक्ष के. पी. शर्मा ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ। बैठकहरूमा समसामयिक राजनीतिक विषय तथा पार्टीका गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)