हात्तीको आक्रमणबाट सन्तानब्बे जनाको मृत्यु
gorkhapatraonline.com · Tue Sep 15 05:00:04 GMT 2026

पूर्वी नेपालमा जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो दुई दशकमा ९७ जनाको मृत्यु भएका छन् । यही अवधिमा विभिन्न कारणले ४५ वटा जङ्गली हात्तीसमेत मरेको तथ्याङ्कले देखाएको छ ।
यसले मानव बस्ती विस्तारसँगै हात्तीको परम्परागत आवागमन क्षेत्र खुम्चिँदै जाँदा दुवैतर्फ जोखिम बढेको बताइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि हालसम्म कोशी प्रदेशमा ४५ वटा जङ्गली हात्ती मरेका छन् । तीमध्ये सबैभन्दा धेरै २५ वटा हात्ती झापामा मरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष तथा आसपासको क्षेत्रमा छ वटा हात्तीको मृत्यु भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)