मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन जिल्ला जोड्ने सुनकोशी–दूधकोशीमा एक साथ दुई झोलुङ्गे पुल

annapurnapost.com · Sat May 30 10:19:56 GMT 2026

सुनसरी : खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई जोड्ने ऐतिहासिक महत्वका दुई झोलुङ्गे पुल सुनकोशी र दूधकोशी नदीको संगमस्थल ज्योर्तिघाटमा निर्माण भई सञ्चालनमा आएका छन् । पुल सञ्चालनसँगै तीन जिल्लाबीचको आवतजावत सहज हुनुका साथै पर्यटन, व्यापार र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ ठुलढुङ्गा, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी सुनकोशी र दूधकोशीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई ठूलो राहत पुगेको बताइन् । उनका अनुसार पुलले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)