सामुदायिक विद्यालयका शिक्षकलाई ‘आइटी’ तालिम
barnanmedia.com · Sat May 30 10:16:45 GMT 2026

जिल्लाको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत आइटी (सूचना प्रविधि) शिक्षकका लागि पाँच दिने ‘सूचना प्रविधि’सम्बन्धी तालिम सञ्चालन गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री तथा गुणस्तरीय बनाउने उद्देश्यसहित गाउँपालिकाको पहलमा तालिम आयोजना गरिएको हो ।
तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका आइटी शिक्षकको सहभागिता छ । सहभागीलाई कम्प्युटरको प्रभावकारी प्रयोग, शैक्षिक डिजिटल सामग्री निर्माण, मल्टिमिडिया प्रस्तुतीकरण, अनलाइन कक्षा सञ्चालन, ई-लर्निङ (ई-सिकाइ) माध्यमको उपयोग, इन्टरनेट सुरक्षालगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)