मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा रास्वपा महाधिवेशन : बन्दसत्र आज १ बजेपछि प्रारम्भ हुने तयारी

kalakarmi.com · Tue Jun 23 05:56:04 GMT 2026

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत स्थगित भएको बन्दसत्र आज दिउँसोदेखि प्रारम्भ हुने तयारी गरिएको छ । पार्टी संसदीय दलका उपनेता गणेश पराजुली ले आवश्यक तयारी पूरा हुँदै गएको र प्रतिनिधिहरूलाई प्रवेश कार्ड वितरण भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार महाधिवेशन प्रतिनिधिहरूको संख्या अपेक्षाभन्दा धेरै बढेपछि केही प्राविधिक व्यवस्थापनमा समस्या देखिएको थियो । प्रारम्भमा करिब २ हजार ८ सयदेखि ३ हजारसम्म प्रतिनिधि सहभागी हुने अनुमान गरिए पनि संख्या ४ हजार २ सयभन्दा बढी पुगेपछि बन्दसत्र निर्धारित समयमा प्रारम्भ हुन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)